काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने एजेन्डासहित पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।
सभा असार ६ गते काठमाडौं, डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नयाँ परियोजनामा लगानी गर्ने, शेयरधनी सदस्यका तर्फबाट तीन जना प्रतिनिधि मनोनयन, पुँजी संरचना संशोधनलगायतका विषयमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।