नेप्से १.९३ अंकले घट्यो, सवा ४ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा आज झिनो गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.९३ अंकले घटेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७७.७८ अंकमा झरेको छ । 

Advertisement

समग्रमा बजार तल झरे पनि होटल, हाइड्रो, लगानी र लघुवित्त समूह क्रमशः ०.११, ०.८२, ०.४८ र ०.९१ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । 

undefined

आज ३२२ कम्पनीका ८८ लाख १३ हजार ३ सय ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७ सय २०.३८ रुपियाँ बराबरको कारोबार भएको छ । 

विभिन्न तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । इमर्जिङ नेपाल, मिड सोलु हाइड्रो र बुद्धभूमि हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.८८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै माई खोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ६.४० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेनट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ६८ लाख ४ हजार ९ सय १७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १३.५१ अंकले बजार बढ्दा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९.९५ रुपियाँ, सोमबार ३.९७ अंकले बजार घट्दा ४ अर्ब ४० लाख ७० हजार २ सय ४३.६० रुपियाँ, मंगलबार ६.२२ अंकले बजार बढ्दा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८ सय ७७.४१ रुपियाँ र हिजो बुधबार ५.५८ अंकले बजार घट्दा  अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९२.७९ रुपियाँ  बराबरको कारोबार भएको थियो । 

 
 

Advertisement

Advertisement