फोर्डको गाडी किन्ने ग्राहकलाई १० वर्षसम्मको इन्धन खर्च कम्पनीले नै व्यहोर्ने !

Advertisement

काठमाडौं । फोर्डको गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले व्यहोर्ने भएको छ ।

फोर्डका लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोवाइलले ग्राहकको चिन्तालाई सम्बोधन गर्दै यो योजना सार्वजनिक गरेको हो । 

Advertisement

यो स्किमले ग्राहकको ठूलो चिन्तालाई हल गरेको फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताए । 

 ‘अहिले ग्राहकको मूख्य चिन्ता भनेकै महंगो इन्धन हो । यही चिन्तालाई सम्बोधन गर्न यो योजना ल्याएका हौं,’उनले भने । 

फोर्डको गाडी रोज्दा ग्राहकलाई विशेषगरी ५ फाईदा हुने कम्पनीले जनाएको छ । फोर्डका गाडी रोज्दा यात्रामा बाधा नहुने, न्यून स्पेयर पाट्स तथा मर्मत खर्च, उच्च रिसेल भ्यालु हुने, चार्जिङ स्टेशनको चिन्ता नहुने र व्याट्री फेर्नुपर्ने जस्ता अत्याधिक खर्चको चिन्ता नहुने कम्पनीले जनाएको छ । 


 

Advertisement

Advertisement