पन्ध्र लाख हकप्रद निष्कासन गर्दै नेपाल लाइफ क्यापिटल, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपियाँको १ः ०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

Advertisement

यस शेयरमा आजसम्म (जेठ २५) सम्म कायम संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । 

हाल कायम संस्थापक शेयरधनीले आफ्नो कायम शेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ । शेयर खरिदका लागि आगामी असार ११ गतेदेखि असार २५ भित्र आवेदन पेस गर्न सकिनेछ । 

साथै, तोकिएको अवधिभित्र आवेदन नपरेमा कम्पनीको नियमानुसार सो शेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ । 

आवेदन कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा पाइनेछ । 

Advertisement

Advertisement