सुन तोलाकै १ लाख ४५ हजारमा कारोबार, चाँदी १९ सय

Advertisement

काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबार पनि सुनको मूल्य प्रतितोला १ हजार बढेको हो । चाँदी तोलामा ५० रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन प्रतितोला 
१ लाख ४४ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जानएको छ । 

Advertisement

Advertisement