काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ३७ लाख ६५ हजार १ सय ९५.१६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एक हाइड्रो कम्पनी र एक लघुवित्त कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको २९ लाख ५२ हजार ४०.५ कित्ता शेयर आज सूचीकृत भएको हो ।
त्यस्तै नेशनल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७.५ प्रतिशत बोनस बापतको ८ लाख १३ हजार १ सय ५४.६६४ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।