युनाइटेड मोदी हाइड्रो र पाँचथर पावरको साधारणसभा आज, के छन् एजेन्डा ?

Advertisement

काठमाडौं । आज दुई कम्पनीको साधारणसभा बस्दैछ । साधारणभा बस्ने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड रहेका छन् । 

युनाइटेड मोदीको सभा काठमाडौंको कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि चैत्र २९ गते बोलाएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

Advertisement

सभामा गत आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सानसम्बन्धी हिसाबबारे छलफल हुनुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । 

साथै, सभामा चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेस हुनेछ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपियाँ रहेको छ । १०० प्रतिशत हकप्रद शेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपियाँ पुग्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा चार जना सञ्चालक नियुक्त गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । अतः चैत ६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी, पाँचथर पावरको साधारणसभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यद्यपि, कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेको छैन । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगरी साधारणसभा बोलाएको हो । 

सभामा गत आवको नाफा–नोक्सानसम्बन्धी हिसाबमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित हुनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १६ गतेसम्म कायम शेयरधनीले सभामा सहभागी हुन पाउनेछन् ।  । 

Advertisement

Advertisement