प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक शेयर लिलामीमा

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।

Advertisement

न्यूनतम मूल्य ११५ रुपियाँ तोकिएको यस शेयर खरिदका लागि जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमार्फत बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दरभाउ खुलाई जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement