लाभांश पारित गर्न आईएमई लाइफको साधारणसभा आज बस्दै

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (जेठ २८ गते) बस्दैछ । 

सभा, काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुपियाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 
त्यसैगरी, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Advertisement

Advertisement