एनजीओ–आईएनजीओको रोकावट छल्न वेष्ट इन्जिड पुगेपछि विश्वकप खेल्न गएको सार्वजनिक

Advertisement

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ)बाट हुनसक्ने रोकावट छल्न क्रिकेटर संदीप लामिछाने वेष्ट इण्डिज पुगेपछि मात्रै उनी विश्वकप खेल्न गएको तथ्य सार्वजनिक गरिएको छ । 

नेपालमा हुँदै भिसा लागेको र विश्व कप खेल्न जान लागेको कुरा सार्जजनिक गर्दा यस्ता अधिकारवादी राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु रोक्न लाग्ने देखिएपछि गोप्यरुपमा गोप्यरुपमा संदीपलाई वेष्ट इण्डिज पुर्याएर सो कुरा सार्वजनिक गरिएको स्रोतको भनाई छ । 

Advertisement

बलात्कार आरोपमा अदालतबाट सफाई पाएका संदीपलाई यसअघि आईसीसी विश्वकप क्रिकेट खेल्न जान खोज्दा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । संदीपलाई रोक्न राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नै चलखेल हुँदै आएको छ । उनले बलात्कार आरोपमा आफू निर्दोष रहेको र आफूविरुद्ध षडयन्त्र भएको भन्दै सो कुरा सार्वजनिक गर्ने बताएका थिए । 

स्वयम संदीपले पनि आफू वेष्ट इन्डिज पुगेपछि फेसबुकमार्फत आफू विश्वकप खेल्न आएको र आफूहरुलाई खेल्न आउन वातावरण बनाउन सबैप्रति आभार प्रकट गरेका छन् ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमवार साँझ फ्लोरिडामा अभ्यास गरिरहँदासम्म सन्दीप वेस्ट इन्डिज पुगेको खबर थिएन ।

निकै गोप्य ढंगले वेष्ट इण्डिज पुगेका संदीपलाई विश्वकप खेल्न १५ जनाको टिममा समेटिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आजै बिहान एक विज्ञप्ति जारी गर्दै सन्दीप विश्वकप टोलीमा सहभागी भई वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने जनाएको छ । विज्ञप्तिमा सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेको वा नपुगेको खुलाइएको छैन । 

तर संदीप आफैँले आफ्नो आधिकारिक फेसबुक पेजमा सेन्ट भिन्सेन्ट विमानस्थलमा खिचेको तस्बिर राखेका छन् । विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल संदीपको प्रवेशसँगै आगामी खेल जित्नेमा आशा पलाएर गएको छ । 

Advertisement

Advertisement