गृहमन्त्री रविविरुद्ध परेको उजुरीको सक्कली मिसिल झिकाउन सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीहरुको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘यसमा कृष्णप्रसाद खरेलसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जितेन्द्रबावु राई (जीबी)समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०–८१–०९८७ नम्बरको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाई पूर्व आदेशानुसार अग्राधिकार दिई मिति २०८१–०३–०४ को पेशी तोकी नियमानुसार पेश गर्नुहोला ।’ 

Advertisement

निवेदकले मन्त्रस् लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखेर सर्वोच्चमा रिट दायर गरेका थिए । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दिनमणि पोखरेललगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उनले रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग गरेका छन । 

Advertisement

Advertisement