काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरमा हाल संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।