संस्थापक शेयर बिक्री गर्दै फर्स्ट माइक्रोफाइनान्स

Advertisement

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि खुलाएको हो । 

इच्छुक लगानीकर्ताले आजको सात दिनभित्र आवश्यक कागजातसहित खरिद गर्ने शेयरको विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

 

Advertisement

Advertisement