नेप्से २१२१.६२ अंकमा उक्लियोः चार कम्पनीमा पोजेटिभ सर्किट,  पौने ६ अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार बढ्ने क्रमसँगै कारोबार पनि बढ्दै गएर पौने ६ अर्ब नाघेको छ ।

 नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.३७ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१२१.६२ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजार बढे पनि होटल, हाइड्रो, निर्जीवन बीमा र लगानी समूह क्रमशः ०.१८, ०.६१, ०.४८ र ०.३६ प्रतिशतले घटेका छन् । बाँकी समूहमा छरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी १.०७ प्रतिशतले बढेको हो । 

आज ३१२ कम्पनीका १ करोड २९ लाख ५० हजार ४ सय ७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २ सय ४५.१३ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार उचालिएसँग चार कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, मिडसोलु हाइड्रो, साधना लघुवित्त र ग्रीनलाइफ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सयपत्री हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि एनआरएन इनफ्रास्ट्रक्चर एण्ड डेभपलमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४ सय ९१.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ४.५९ प्रतिशतले घट्दा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२.४४ रुपियाँ, सोमबार ८.९० अंकले बजार बढ्दा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२.२८ रुपियाँ र हिजो मंगलबार ३३.१५ अंकले बजार बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७ सय ३९.०६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
  
 

Advertisement

Advertisement