‘यो शासन व्यवस्थाबाट आजित भैयो’

टीकापुर घटना गराउनेहरुको नाम सार्वजनिक गर्ने बेला आयोः रेशम चौधरी

Advertisement

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ? भन्दै प्रश्न गरे । टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको चौधरीको भनाई छ । 

Advertisement

उनले कसले घटना गरायो भन्नेकुरा लाल आयोगलाई सोध्न आग्रह गर्दै साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए । 

चौधरीले भने, ‘सबैभन्दा पहिला टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो ? त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उद्दार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजीनीति गर्नुस् ।’ 

उनले थपे, ‘घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टिकापुरको अब नाम भन्ने बेला आएको छ । साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’

चौधरीले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए ।

Advertisement

Advertisement