काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ ।
सभा, काठमाडौंको टंगालस्थित अम्रपाली ब्यांकेटमा बिहान साढे १० बजेदेखि बस्ने गरी सभा डाकेको हो ।
सभाले कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपियाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपियाँ पुग्नेछ ।
साथै, कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समिति गठन गर्ने र सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ । अतः जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन पाउनेछन् ।