काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले भानुभक्त ढकाल, अनिलप्रसाद श्रेष्ठ र सुदर्शनराज पाण्डेको स्वामित्वमा रहेको कुल ४६ हजार २३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाललाई यस शेयरमा कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडैंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया थालिने पनि कम्पनीले जनाएको छ ।