हकप्रद शेयर जारी गर्न खोरङ्गा हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा

Advertisement

काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । 

यसका लागि कम्पनीले असार १४ गते विशेष साधारणसभा डाकेको छ ।

Advertisement

सभा, काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

शेयरधनीलाई ५० प्रतिशत अर्थात् १ः०.५ को अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि, ठेगाना परिवर्तन, प्रबन्धपत्र तथा नियमावली संशोधन र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement