प्राइम बैंकको १२.४१ लाख कित्ता लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जेठ २५ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । 

Advertisement

न्यूनतम मूल्य ११५ रुपियाँ तोकिएको यस शेयर खरिदका लागि जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमार्फत बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दरभाउ खुलाई आज अपरान्ह ३ बजेसम्म बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

फारम पनि सोही स्थानमा पाइनेछ । 

Advertisement

Advertisement