कुवेतको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुग्यो, अधिकांश भारतीय

Advertisement

काठमाडौं । कुवेत शहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । 

कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिएको र जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने प्रतिवद्धता जनाएको बताएका छन् । 

Advertisement

अमिर, युवराज शेख सबाह अल–खालेद अल–सबाह र प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले पीडित परिवारलाई शोक सन्देश पठाएका छन् । 

कुवेतका प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्री र आन्तरिक मन्त्री शेख फहाद युसुफ अल–सबाहले फरेन्सिक प्रमाण टोलीले आफ्नो अनुसन्धान पूरा नगरेसम्म भवन मालिकसहित संलग्न व्यक्तिहरूलाई हिरासतमा राख्न आदेश दिएका छन् । 

यस्तै दुर्घटना हुन नदिन निर्माण क्षेत्रमा हुने उल्लङ्घनलाई सम्बोधन गरी सम्बोधन गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन समेत दिए । स्रोतका अनुसार भवनभित्र करिव १६० जना कामदार रहेका थिए । ज्यान गुमाउनेमध्ये धेरै भारतीय नागरिक छन् । सिन्ह्वा–नान

Advertisement

Advertisement