काठमाडौं । रिचार्जको शुल्क बढाउने निर्णयपछि भारतको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी जियोका एक करोडभन्दा बढी ग्राहकले उक्त कम्पनीको सेवा बन्द गरेका छन् ।
जियोले गएको जुलाइ महिनाबाट लागू हुनेगरी रिचार्जको नयाँ दररेट लागू गरेको थियो । रेट बढाएसँगै आफ्ना छोराको निकै महंगो र तडकभडक विवाह गरेका जियोका मालिक मुकेश अम्बानीले धेरै आलोचना समेत खेप्नुपरेको थियो ।
शुल्क बढाएपछि जियोका ग्राहक एक करोड नौ लाखले झरेर ४८ करोड ८८ लाख कायम भएका छन् । यसअघि जियोका ग्राहक ४८ करोड ९७ लाख थिए ।
रिलायनस जियो इन्फोकमबाहेक भारतमा भारती एयटेल, भोडाफोन आइडिया लिमिटेड, भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल), महानगर टेलिकम निगम लिमिटेड (एमटीएनएल), टाटा टेले सर्भिसले दूरसञ्चार सेवा दिँदै आएका छन् । यीमध्ये जियोको हिस्सा सबैभन्दा बढी ३८.४६ प्रतिशत रहँदै आएको थियो भने दोस्रोमा एयरटेलको २५.८५ प्रतिशत रहँदै आएको थियो । तेस्रोमा बीएलएनएल र बाँकी अन्य कम्पनीको रहेको थियो । जियोका ग्राहक घट्दा यो अनुपातमा पनि फेरबदल आउने देखिन्छ ।