काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यजनेजमेन्ट कम्पनी प्रालिले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
विद्यमान संस्थापक शेयरधनी तथा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।
प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यो शेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक बोलकबोलमार्फत सात दिनभित्र (असार ७ गते कार्यालय समयभित्र) बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।
यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।