काठमाडौं । विभिन्न तीन बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयरमा बिक्रीमा ल्याएका छन् ।
कामना सेवा विकास बैंक लिमिटेड, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।
यी कम्पनीको शेयरमा कायम संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।
त्यस्तै, सूर्योदय वोमी लघुवित्तले ५२ हजार ३५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र संस्थाको ललितपुरस्थित कर्पोरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा विवरण खुलाई निवेदन दिनुपर्नेछ ।
त्यसैगरी, किसान लघुवित्तले १२ हजार ४८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरण खुलाई कैलालीस्थित केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीहरूले जनाएका छन् ।