प्रतिनिधसभा बैठक : विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा ‘विनियोजन विधेयक–२०८१ माथिको छलफल जारी रहनेछ । 

आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभन्न शीर्षकमाथि छलफल हुनेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।  

प्रतिनिधिसभामा जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो । 

Advertisement

Advertisement