काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोकै मूल्यमा सुन बिक्री भइरहेको छ ।
आज पनि छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपियाँमा कारोबार भइरहको छ ।
चाँदी भने तोलाको रु. १५ बढेको छ । आज चाँदी प्रतितोला १८ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।