कर्णालीमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्णालीमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन् । 

मङ्गलवार प्रतिनिधि सभामा उनले सरकारले कर्णालीका विभिन्न सडकहरु स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाए । कर्णालीका राजमार्गहरु मृत्यु राजमार्ग बनेका बताउँदै थानीले सरकारले यसैगरी कर्णालीलाई उपेक्षा गरेमा सो क्षेत्रका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए । 

Advertisement

थानीले भने, ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु, यदि यही तरिकाले सरकारले गर्यो भने कर्णालीकाका सांसदहरुले संसद घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ । यदि सचेत भएर यी बाटाहरुमा बजेट छुट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुुरा म सरकारलाई भन्न चाहन्छु ।’

Advertisement

Advertisement