नेशनल लाईफले कर्मचारीहरुलाई दियो स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने तालिम

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहू–आयामिक प्रशिक्षण प्रदान गरेको छ । 

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायिक विकास हूने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ । विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यवासायीकतामा बृद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।

Advertisement

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय  कर्पोरेट प्रशिक्षक हून, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गर्नु भएको थियो ।

undefined

कार्यक्रमको समापन समारोहमा कम्पनीका अध्यक्ष श्रीमति प्रेमा राज्यलक्ष्मी सिंहका साथै आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकूमार सिंहको उपस्थिति थियो ।
 

Advertisement

Advertisement