सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई ब्याग वितरण

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा नपा- ७, चुहाडे स्थत श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो । 

Advertisement

कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्णबहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का र  श्री जनज्योति माध्यमिक विधालय चुहाडेका अध्यक्ष  उद्घब काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । 

मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement