पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त

Advertisement

काठमाडौं । पञ्चकन्या स्टील प्रालिले ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । जुन कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि हो । 

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ – सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । 

Advertisement

यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ । 

पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्ने जनाएको छ । 

Advertisement

Advertisement