कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, आज अरू कुन ठाउँमा पानी पर्छ ?

Advertisement

 काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

विभागले कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि जनाउँदै सावधानी अपनाउन अपिल गरेको छ ।

त्यसैगरी राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।  

Advertisement

Advertisement