काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको आज (असार ६ गते) वार्षिक साधारणसभा बस्दैछ ।
अभियान लघुवित्तको साधारणसभा काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने गरिनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुने बताइएको छ ।
सभा प्रयोजनार्थ जेठ २१ गते बुक क्लोज गरिसकेको छ । अतः जेठ २० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
त्यसैगरी, युनाइटेड मेवा खोलाको प्रथम वार्षिक साधारणसभा डिल्लीबजार, काठमाडौंमा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ११ बजेदेखि बस्नेछ ।
यता, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने एजेन्डासहित पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।
सभा काठमाडौं, डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नयाँ परियोजनामा लगानी गर्ने, शेयरधनी सदस्यका तर्फबाट तीन जना प्रतिनिधि मनोनयन, पुँजी संरचना संशोधनलगायतका विषयमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।