प्रभु महालक्ष्मीको संस्थापक शेयर बेचेर बाहिरिँदै सनराइज होल्डिंग्स

Advertisement

काठमाडौं । सनराइज होल्डिंग्स प्रालिले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एक लाख ३८ हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

Advertisement

हाललाई यस शेयरमा इन्स्यारेन्सका संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

साथै, तोकिएको समयमा कुनै निवेदन पेस नभएमा कानुनबमोजिमको प्रक्रिया हुने बताइएको छ । 
 

Advertisement

Advertisement