सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने, यति छ न्यूनतम मूल्य

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी यसबहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपियाँ तोकिएको यो शेयर जोकोही सर्वसाधारण तथा संघसंस्थाले खरिद गर्न सक्नेछन् । 

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको मितिमा खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

Advertisement

Advertisement