नक्सालमा सडकमुनि छोपिएको भैरवस्वरूप शिवलिंग खुला

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाका वडा नं १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई मंगलबार (असार ४) खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडकमा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडकमुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ । 

करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन् । 

Advertisement

यसको स्थापनाका विषयमा स्थानीयहरु शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् । यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन । भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गारोका बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ । 

null

वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘लिखित प्रमाण छैन । पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन् ।’ 

त्यस्तै, वडा सदस्य रसला तण्डुकारका अनुसार गत जेठ ३ र ४ गते यहाँ पचली भैरवको नाच नचाइएको थियो । टेकुको पचली भैरवको जात्रा अहिले पनि धुमधाम चल्छ । पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरु पनि लुकेका कारण खुल्न सक्छन् ।

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिव २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने बताइन्छ । 

पूर्ववडाध्यक्ष किरण श्रेष्ठका अनुसार ‘शंकराचार्य र वाणाको तान्त्रिक युद्धमा वाणाले शंकराचार्यका ४ सय गण मारेका थिए । यहाँ गाडिएका ४ ढुङ्गे खम्बाहरु हरेक खम्बा १ सय जना शंकराचार्यका गणका प्रतीक मानिन्छन् । उनी यहीँ मारिकाले व्रह्महत्याको दोष लागेको यस ठाउँमा जनै गाडिएको मान्यता पनि छ । 


 

Advertisement

Advertisement