रैथाने बालीको संरक्षण र प्रवद्र्धन भएन्ः उपसभामुख राना

Advertisement

काठमाडौं । उपसभामुख इन्दिरा रानाले रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धन हुन नसकेको बताएकी छन् । बिहीवार ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशनको कार्यक्रममा जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको बताइन् । 

आधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताउँदै रानाले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरुले स्वागत गर्नुपर्ने बताइन । उनले स्थानीय खानेकुराको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन् । 

Advertisement

रानाले भनिन् ‘अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवद्र्धन गर्नुपर्छ । हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन् । हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ । हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।’

होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताए । उनले रैथाने खानेकुराको प्रवद्र्धन गरे मात्रै स्थानीय बालीहरुको संरक्षण गर्न सकिने बताए । शाहले नेपालमा हाल झन्डै ५ हजार होटलहरुले रैथाने खानेकुराहरुको प्रवद्र्धन गरिरहेको बताए । 

उनले भने, ‘ग्यास्टोनोमि टुरिजमको विकास गर्नुपर्छ । रैथाने खानेकुराको प्रवद्र्धन गर्नुपर्छ । झन्डै ५ हजार होटलहरु रैथाने खानेकुराको प्रवद्र्धनमा लागेका छौँ । हामी सबै मिलेर अघि बढ्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।’

Advertisement

Advertisement