आजको मौसम : सातै प्रदेशमा पानी पर्ने, गण्डकीमा भने भारी वर्षाको चेतावनी

Advertisement

काठमाडौं । अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ ।

त्यस्तै गण्डकीसहित कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार ​दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

साथै, गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिँदै सतर्क रहन पनि अनुरोध गरेको छ । 

Advertisement

Advertisement