कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । 

शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै? तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने प्रक्रिया अगाडि बढाउने बैंकले जनाउको छ । 

Advertisement

Advertisement