काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ ।
साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।