पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण

Advertisement

काठमाडौँ । पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को टोलीले आज पर्यटक सवारी साधनमा कार्यरत एक सय भन्दा बढी चालक र सहचालकलाई पोशाक वितरण गरेको हो ।

Advertisement

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट सेवा प्रदान गर्न चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहने बताए । 

उनले पर्यटक सवारी साधनलाई देशको पूर्वदेखि पश्चिमसम्मका पर्यटकीय गन्तव्यमा पुर्याउन एशोसियशन लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ निर्देशक ऐरले काठमाडौँमा पर्यटक सवारी साधनका लागि छुट्टै बसपार्क निर्माण गर्न नेपाल पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिए ।

टिवानका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र  मर्यादित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 

उनले देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटक बसले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।  टिवानका सल्लाहकार केदारनाथ शर्माले पर्यटक बस चालकले देशको पर्यटकीय गन्तव्यमा दूतका रुपमा काम गरिरहेको बताए ।   

चार दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई टिवानले बस सेवा प्रदान गर्दै आइरहेको छ । हाल काठमाडौँदेखि पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायतका स्थानमा सेवा प्रदान गर्दै आइरहेको टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए ।    

Advertisement

Advertisement