एमालेद्वारा पर्वतारोहीलाई सम्मान, १० बुँदे समस्या समाधानबारे छलफल

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । 

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेका हुन् ।   

Advertisement

उनले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल छ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीनपटक सगरमाथाको सफल पूर्णिमा श्रेष्ठलगायत पर्वतारोहीलाई खादा लगाई सम्मान गरेका हुन् ।  

अध्यक्ष ओलीले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताए ।  
    
कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेपाल ट्रेड युनियन महाससंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठलगायतको सहभागिता थियो । 

उक्त अवसरमा प्रस्तुत गरिएका १० बुँदे समस्या तथा मागः
१. पर्वतारोहीहरुको कामको मुल्याङ्कन गरी, पर्वतारोही र उसका परिवारको गाँस बास, कपास, स्वास्थ्य शिक्षा र सामाजिक सुरक्षा लागू गर्न यो क्षेत्रको लागि कानुनमा विशेष व्यवस्था गर्न र मर्यादित काम नुहँदा यो पेशाबाट दक्ष जनशक्ति पलायन हुँदै गरेको अवस्था रोक्न राज्यबाट अविलम्ब सम्मानजनक रुपमा सम्बोधन गरियोस् ।

२. पर्वतारोहीहरु अप्ठ्यारोमा पर्दा सहयोग गर्न प्रदापर्वतारोही कल्याणकारी कोष स्थापना गरियोस् ।

३. साहसीक पर्वतारोहीहरुको प्रतिनिधि सहित राज्यबाट पर्वतारोही विपत व्यवस्थापन युनिट निर्माण गरियोस् ।

४. सुन्दर हिमालय पर्वतारोहीहरुको आकषर्णको केन्द्र बन्दै गएकोछ । यसबाट बर्षोनि तिब्र गतिमा पर्यटन वृद्धि हुँदै गएको छ । तर यो सँगै हिमाल वेश क्याम्पदेखि चुचोरोसम्म फोहोरमैला पनि बड्दै गएको छ । फोहोर व्यवस्थापन सहित सरसफाइका लागि दक्ष्य पर्वतारोही सहितको युनिट बनाई हिमालय सरसफाइको नेतृत्व राज्यबाट गरिनु पर्दछ । साथै जलवायु परिवर्तन न्यूनिकरण तथा हिमालयमा हुने दुर्घटना न्युनिकरण गर्न राज्यबाट सिजन अवधीभर अभियान सञ्चालन गरियोस् । 

५. पर्वतारोहिहरुको बिमा, नेपालको ८ हजारभन्दा बढी उचाईका हिमालय र ८ हजार भन्दा कम उचाईका हिमालयमा पर्वतारोहणको काम गर्ने श्रमिकहरुको हालको बिमा अति न्यून रहेको छ । तसर्थ हालको बिमा, भैपरी आउने जोखिम, दुर्घटनाबाट हुने जनधनको क्षतिको अवस्थामा सम्मानजनक राहातका लागि हालको उचित व्यवस्था गरिनु पर्दछ । यो पेशामा कार्यरत श्रमिकहरुका धर्म संस्कृतिलाई समेत ध्यान दिंदै हालको बीमालाई परिमार्जन गरि ५० लाख, दुर्घटना बीमा र स्वास्थ्य बिमा १५ लाख वा उपचारबाट स्वास्थ्य पूरा ठीक नहुञ्जेल उपचार गर्ने कम्पनीको दायित्व हुने गरि व्यवस्था कानूनी व्यवस्था गरियोस् ।

६. जलबायु परिवर्तनका कारणवाट हाम्रा हिमाल दिनानुदिन हिउँ सृङ्गला कालापथ्यरमा परिणत हुँदै गएकाछन् । साथै जलवायू परिवर्तनको कारण रोजगारीमा असर पर्ने र हिउपहिरोको कारण दर्जनौ नेपाली श्रमिक र पर्यटकको निधन हुने गरेको छ । अङ्गभङ्ग भएकाहरु जीवनभर अपाङ्ग जीवन बाँच्न बाध्यछन् । त्यसैले हिमालय क्षेत्रको जोखिम तथा जलवायु परिवर्तन न्युनिकरण गर्न क्षेत्रगत रुपमा सम्बन्धित विज्ञ राखेर कार्यदल गठन गरियोस् ।

७. दक्ष जनशक्ति दक्ष गाइड पर्वतारोही उत्पादन सम्न्धमा हाम्रो हिमाल आरोहण गर्न वर्षमा हजारौं विदेशी पाहुना नेपाल आउनी गरेका छन् । ती पर्यटनलाई उचित शेवा संस्कारदेखि लक्ष्यसम्म पुयाउन नेपालीहरुको धर्म संस्कृति परम्परा हिमालको ईतिहासदेखि दक्षता हासिल भएको सिकाउन दक्ष जनशक्ति खाँचो छ । तसर्थ ट्रेड यूनियनको प्रतिनिधि सहित यस क्षेत्रको लागि तालिम सामाग्री निर्माण यूनिट गठन गरियोस् ।

८. पर्वतारोहण गाइड मापदण्ड नेपालको विभिन्न हिमाल, सगरमाथा सहित ८ हजार भन्दा माथिका र ८ हजार भन्दा कम पिक सहितमा कार्यरत श्रमिकको दक्षताको आधारमा गाइड मापदण्ड निर्धारण गर्न त्रिपक्षीय कार्यदल गठन गरियोस् ।

९. पर्वतारोहण उच्च जोखिमको काम हो । तर यो क्षेत्रमा हालसम्म न त सरकार न त नीजि क्षेत्र न त कम्पनी बाटै पारिश्रमिक निर्धारण गरिएको छ । तसर्थ पर्वतारोहीहरुका लागि उचित पारिश्रमिक सहित शेवा सुविधा निर्धारण गर्न पर्वतारोहण अनुसन्धानकर्ता, ट्रेड यूनियन, नेपाल सरकार तथा यस क्षेत्रका व्यवसायीहरुको प्रतिनिधि रहेको पारिश्रमिक निर्धारण बोर्ड गठन गरियोस् ।

१०. पर्वतारोही हाम्रो देशको अमूल्य गहना हुन । देशको शीर उच्च राख्न र विश्वमा नेपाल चिनाउने श्रमिक राजदुत हुन् । तर राज्य पर्वतारोहीहरुको परिश्रमको मुल्यांकन गर्ने काममा वेवास्ता गरिरहेको छ । हाम्रा पर्वतारोहीसँग पर्यटनबाट समीट गर्दा ती देशका नागरिकको उच्च सम्मान गरिन्छ । तर हाम्रो देशको पर्वतारोहणमा कार्यरत श्रमिकको मुल्याङ्कन गर्ने कुरा कल्पनाभन्दा बाहिर छ । हामी राज्यबाट हाम्रो परिश्रमको मुल्याङ्कन गरी उचित सम्मान र यो कामप्रति भविश्यमा युवापुस्तालाई आकार्षित गर्न छुट्टै विशेष व्यवस्था गर्न माग गदर्छौं । 


 

Advertisement

Advertisement