‘जनयुद्धमा भन्दा अहिले बढी खटेर काम गरेको छु’

हामीले गणतन्त्र ल्यायौं, तर नयाँ दलले पूरानालाई हेपेः प्रधानमन्त्री, बोल्दा हेक्का राख्न चेतावनी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताएका छन् । शुक्रवार नेपाल बुद्धिजीवि संगठनको कार्यक्रममा उनले नयाँ दलले  पूरानालाई हेपेको गुनासो गरेका हुन् । 

नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पूराना दललाई अपमान गरिरहेको आरोप लगाउँदै दाहालले पूराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको तर्क गरे । 

Advertisement

पूराना दलहरुले परिवर्तनका नाममा गरेका हिंसात्मक आन्दोलन, विध्वंश, भ्रष्टाचार, अविकास, राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेपत्रको प्रशयलाई भने उनले बोल्न चाहेनन् । नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बाल्नुपर्ने दाहालको चेतावनी थियो । 

उनले पूराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पूराना दलहरुको अपमान गरिरहेको बताउँदै भने, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरु कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोशिष भइरहेको छ । सच्चाइ त्यही बिल्कुल होइन । सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरुले नै हो ।’

प्रधानमन्त्री दाहालले जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको दावी गरे । उनले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको जिकिर पनि गरे । दाहालले थपे, ‘बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । जीवनको उत्तराद्र्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तराद्र्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने ।’

Advertisement

Advertisement