प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दै छ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

Advertisement

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै, विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ । 

त्यस्तै, खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।  

 

 

 

Advertisement

Advertisement