ग्रील तथा स्टिल व्यवसायीद्वारा ग्रिल व्यवसायीको स्वास्थ्य परीक्षण

Advertisement

काठमाडौं । ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिले जनस्वास्थ कार्यालय काठमाडौको सहयोगमा  ग्रील व्यवसायमा काम गर्ने कर्मचारीको स्वास्थ परीक्षण सम्पन्न गरेको छ । 

काठमाडौं जिल्ला अध्यक्ष सुनिल अमात्यले कार्यक्रमको उद्घाटन गर्दै ग्रील व्यवसाय अन्य व्यवसायभन्दा जोखिम व्यवसाय भएकाले यस किसिमको स्वास्थ शिविरले  कर्मचारीलाई राहत मिल्ने बताए । साथै, उनले 

Advertisement

कार्यक्रमका सभापति एवं पूर्वी क्षेत्रीय अध्यक्ष विष्णु श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै धेरै किसिमको रोगको परीक्षण गरिएको स्वास्थ शिविर उपलब्ध गराउने जनस्वास्थ कार्यालय काठमाडौंंलाई धन्यवाद दिए । 

स्वास्थ परीक्षणबाट धेरैभन्दा धेरैले लाभ लिने बताइएको छ । 

काठमाडौंका १४ वटै इकाइबाट सहभागिता जनाइएको उक्त शिविरमा कपन इकाई समितिका अध्यक्ष भेषबहादुर श्रेष्ठले केही वर्षयता ग्रील व्यवसायमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी  ज्ञानको कमीका कारण धेरै जनाले ज्यान गुमाएका र धेरैको अंगभंग भएकाले यस किसिमको शिविर तल्लो लेभलसम्म सञ्चालन सम्म गर्न आग्रह गरे । 

उक्त शिविरमा एक सय २५ जनाले स्वास्थ परीक्षण गरिएको थियो । 

शिविरमा धुलिखेल अस्पताल, तिलगगा आँखा अस्पताल र जनस्वास्थ कार्यालयबाट आएका चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

Advertisement

Advertisement