आजको मौसम : कोशी, बागमती  र गण्डकीमा भारी वर्षाको सम्भावना, अरू प्रदेशमा कस्तो रहला ?

Advertisement

काठमाडौं । बिहान कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । 

कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै विभागले साथै कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताइएको छ ।

Advertisement

Advertisement