निफ्राको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) मा रहेको आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  

Advertisement

यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ तथा संस्थाहरूले किन्न पाउनेछन् । 

प्रतिकित्ता न्यूनतम १०१ रुपियाँ तोकिएको शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, वीरेन्द्रनगर शाखा कार्यालयमा आजदेखि (असार १०) असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

Advertisement

Advertisement