युनाइटेड अजोडको प्रतिकित्ता रु २४० मा संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले करिब ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले शेयरधनीको स्वामित्वमा रहेको कुल ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

हाललाई यो शेयर कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयरको मूल्य प्रतिकित्ता २४० रुपियाँ तोकिएको छ ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र सुन्धारा, काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement