निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३६ अर्ब ५६ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले कूल ३६ अर्ब ५६ करोड ९१ लाख कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीले ३६ अर्ब ३२ करोड ९९ लाख र चार वटा लघु निर्जीवन बीमा कम्पनीले २ करोड ३९ लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । 

Advertisement

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २७ लाख १३ हजार ७१ बीमा लेख बापत उक्त परिमाण बराबर बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीले २६ लाख ८ हजार र लघु निर्जीवन बीमा कम्पनीहरुले एक लाख ४ हजार बीमा लेख जारी गरेका छन् ।

कम्पनीहरुले जेठ महिनामा मात्रै २ लाख ३४ हजार ३ सय ४४ वटा बीमालेख बिक्री गरी ३ अर्ब ५० करोड कूल बीमा शुल्क आर्जन गरेका छन् ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ४ अर्ब ८९ करोड, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले ४ अर्ब २९ करोड र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीले३ अर्ब ६६ करोड रुपियाँ कूल बीमाशुल्क आर्जन गर्न सफल भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

बीमा शुल्क कुन कम्पनी कति संकलन गरे ? 

undefined

Advertisement

Advertisement