बाराको जीतपुर सिमराको नगरसभामा एमालेको अवरोधपछि झडप

Advertisement

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा सोमबार झडप भएको छ । 

नीति तथा कार्यक्रम  र बजेट ल्याउन बोलाइएको बैठकमा दलगत विवादका कारण झडप हुन पुगेको हो । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

Advertisement

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएकोमा आज नगरसभामा झडप हुने गरी विवाद सतहमा आएको हो ।  

विवादकै कारण असार ६ र ८ को नगरसभाको बैठक स्थगित भएकोमा आज पुनः बोलाइएको थियो । आज मेयर राजन पौडेलले बैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरेपछि विपक्षीहरुले अवरोध सुधार गरेपछि झडपको स्थिति बनेको हो । 

झडप भएपछि सभास्थलमा प्रहरी परिचालन गरिएको छ ।

Advertisement

Advertisement