कांग्रेस, एमाले र माओवादीका वडाध्यक्षहरुको संगठित घेराबन्दीमा बालेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाह महानगरभित्रका नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रनिकट वडाध्यक्षहरुको संगठित घेराबन्दीमा परेका छन् । 

महानगरपालिकाको नीति तथा कार्यक्रम पास गर्ने र बजेट पास गर्न सोमबार बोलाइएको नगरसभाको बैठकमा पार्टीसम्वद्ध वडाध्यक्ष र सदस्यहरुले संगठितरुपमा मेयर बालेनको आलोचना गरे । 

Advertisement

आफ्नो पार्टीप्रति गर्व र प्रसंशा गर्दै प्रस्तुत भएका उनीहरुले पार्टीहरुले नै गर्दा देशमा प्रजातन्त्र र गणतन्त्र आएको, आफूहरुले बोल्न पाएको, बालेन मेयर हुने अवस्था बनेको तर्क गर्दै बोल्ने कुरामा विचार गर्न विचार गर्न चेतावनीमूलक ढंगले सचेत गराएका थिए । उनीहरुले बालेनको सामाजिक सञ्जालको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका थिए । बालेनले ठूला दलसम्वद्ध तीन जनाको बन्धकमा महानगरका सदस्यहरु बनाउने प्रयास भएको र बन्द कोठामा षडयन्त्र गर्ने काम भएको संकेत गर्दै दलीय धङधङी त्याग्न सुझाव दिएका थिए ।   

नगरसभामा दलसम्वद्ध बहुमत नगर सदस्यहरुले बालेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई असफल बनाउने ढंगले संशोधन प्रस्ताव पेश गरे पनि बालेनले संशोधन प्रस्तावतर्फ लाग्ने हो भने आज बजेट प्रस्तुत गर्न नसकिने बताएपछि उनीहरु हच्किएका थिए । वडाध्यक्ष तथा सदस्यहरुले १६० जनाले हस्ताक्षर परेको नीति पहिला पास गर्नुपर्ने अडान राखेका थिए । 

त्यसपछि बालेनले उपप्रमुख सुनिता डंगोललाई बजेट वाचन गर्न आग्रह गरेका थिए । आज बजेट मात्रै प्रस्तुत हुने तर बजेटमाथि छलफल अर्को बैठकमा हुने भन्दै नीति र कार्यक्रम एकैपटक पास गर्न सकिने बालेनले बताएका छन् । 

Advertisement