काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट (सीआईटी) मा रहेको आफ्नो ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
प्रतिकित्ता न्यूनतम ७३९ रुपियाँ तोकिएको शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले शेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा १० हजार कित्ता र बढीमा १०० ले भाग जाने गरी सबै कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ ।
आवेदन आज (असार ११) देखि १८ गतेसम्म दिन सकिनेछ ।